नेपाल लाइफद्वारा पूर्ण तथा आंशिक अवधि भुक्तानी बुझिलिन आग्रह
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्ण अवधि तथा आंशिक अवधि भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भईसक्दा समेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमीत/हकवालाले आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम बुझिलिन कम्पनीले आग्रह गरेको हो ।...