एलआईसी नेपालले गर्यो लाभांश नदिने निर्णय
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले आर्थिक वर्ष २०७९/८० सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते साँझ साढे ४ बजे बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यससँगै कम्पनीका सेयरधनीहरुको हात खाली हुने भएको छ।