नेपाल लाइफ इन्स्योरेन्सको नाफा ६०.३० करोड, खुद बीमाशुल्क आर्जन ८% ले वृद्धि
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २२.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ८.४९ प्रतिशतले बढेको छ...