शुक्रबार, मंसिर ७,२०८१ 08:08:31
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 08:08:31
नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त
INSURANCE

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट थापालाई सीईओ नियुक्ति गरेको हो ।थापालाई बीमा ऐन, २०७९ को दफा ५७ बमोजिम सीईओ पदमा चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  उनलाई जेठ १८ गतेदेखि लागू हुनेगरी नियुक्ति गरिएको हो ।...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा
INSURANCE

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  कम्पनीले गत आवको संचिती मुनाफाबाट हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि १.०५ प्रतिशत गरी कुल २२.१० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो...

थप १२ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै
INSURANCE

थप १२ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले थप १२ वटा अस्पताललाई स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाको लागि अनुमति दिएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत थप १२ वटा अस्पताललाई स्वास्थ्य सेवाका लागि सूचिकृत गरेको हो ।  बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई स्वास्थ्य बीमा सेवाका लागि सूचिकृत गराएको छ ।...

नेपाल रि इन्स्योरेन्सले ४२.३६% ले बढायो कर्मचारी तलब, भत्ता समेत ७२.९७% ले वृद्धि
INSURANCE

नेपाल रि इन्स्योरेन्सले ४२.३६% ले बढायो कर्मचारी तलब, भत्ता समेत ७२.९७% ले वृद्धि

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले कर्मचारीको तलब ४२.३६ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कर्मचारीलाई कुल २ करोड ५९ लाख रुपैयाँ तलब बाँडेको कम्पनीले गत आव २०७९/८० मा कम्पनीले कर्मचारीलाई ३ करोड ६९ लाख रुपैयाँ तलब वितरण गरेको छ । यस्तै कम्पनीले कर्मचारीलाई भत्तास्वरुप १ करोड ५५ लाख रुपैया गत वर्ष वितरण गरेको छ । यो भत्ता रकम ७२.९७ प्रतिशतले बढी हो । अघिल्लो...

लगानीकर्तालाई राम्रो प्रतिफल दिलाउन कम्पनीमा नियमित अनुगमन हुनुपर्छः अध्यक्ष सिलवाल
INSURANCE

लगानीकर्तालाई राम्रो प्रतिफल दिलाउन कम्पनीमा नियमित अनुगमन हुनुपर्छः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका सञ्चालक समितिलाई बीमा कम्पनीका काम कामकारबाहीको नियमित अनुगमन एवं सुपरीवेक्षण गर्न निर्देशन दिएका छन् । बीमितको हित रक्षा गर्न, कम्पनीको जोखिम धारण क्षमता बढोस् र लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ कम्पनीमा नियमित अनुगमन हुनुपर्ने अध्यक्ष सिलवालले बताए ।...

नयाँ व्यवसाय बढाउन नेशनल र नेपाल लाइफ खप्पिस, ७ वटा कम्पनीको खस्कियो प्रथम बीमा शुल्क आर्जन
INSURANCE

नयाँ व्यवसाय बढाउन नेशनल र नेपाल लाइफ खप्पिस, ७ वटा कम्पनीको खस्कियो प्रथम बीमा शुल्क आर्जन

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सामान्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत वर्षको तुलनामा प्रथम बीमा शुल्क आर्जन ३.८८ प्रतिशतले मात्रै वृद्धि गरेका छन् ।  जीवन बीमकहरुले नयाँ व्यवसायमार्फत चालु आर्थिक वर्षको १० महिनासम्म २४ अर्ब २३ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा सामान्य मात्रै वृद्धि हो । गत...

शिखर इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह
INSURANCE

शिखर इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई दाबी भुक्तानी लिन आग्रह गरेको छ ।  कम्पनीले गत फागुन १६ गतेदेखि जेठ १५ गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निबेदन प्राप्त भई हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको तथा बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा...

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, लाभांश पारितसहित यस्ता छन् मुख्य अजेण्डा
INSURANCE

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, लाभांश पारितसहित यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको नवौं वार्षिक साधारण सभा आज काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनु्पम फूडल्याण्ड एण्ड ब्याङक्वेटमा आयोजना हुन लागेको हो ।  गत वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको वार्षिक साधारण सभा आह्वान गरेको थियो।  उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत...

जीवन बीमा कम्पनीहरुको व्यवसाय ६.३५% ले बढ्यो, प्रिमियम कलेक्सनमा नेशनल लाइफको सर्वाधिक ग्रोथ
INSURANCE

जीवन बीमा कम्पनीहरुको व्यवसाय ६.३५% ले बढ्यो, प्रिमियम कलेक्सनमा नेशनल लाइफको सर्वाधिक ग्रोथ

काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले १ खर्ब भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ६.३५ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १४...

इक्राद्वारा शिखर इन्स्योरेन्सलाई प्रदान गरेको रेटिङ पुनःपुष्टि
INSURANCE

इक्राद्वारा शिखर इन्स्योरेन्सलाई प्रदान गरेको रेटिङ पुनःपुष्टि

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ्ग पुनःपुष्टि गरेको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको [ICRANP-IR] A+ निष्काशनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको हो ।  उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा...

एक सय विघाभन्दा बढी जमिनमा वासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट
INSURANCE

एक सय विघाभन्दा बढी जमिनमा वासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट

काठमाण्डौ । सरकारले एक सय विघाभन्दा बढी जमिनमा वासनादार धान खेती गर्ने परियोजनालाई बीमा प्रिमियममा छुट र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेटमार्फत यस्तो व्यवस्था गरिने बताएका हुन् । अर्थमन्त्रीले एक सय विघाभन्दा ठूलो चक्लामा वासनादार धान खेती गर्ने ७ वटा नमुना परियोजनालाई सहज रुपमा मल,बीउ,प्राविधिक सेवा तथा...

बीमा क्षेत्रका लागि बजेटमा गरिएका यस्ता छन् व्यवस्था
INSURANCE

बीमा क्षेत्रका लागि बजेटमा गरिएका यस्ता छन् व्यवस्था

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का बजेट प्रस्तुत गरेको छ । बजेटमा सरकारले बीमा क्षेत्रका लागि विभिन्न व्यवस्था गरेको छ । सरकारले आगामी आवको बजेटका लागि लघुबीमा,कृषि बीमा र स्वास्थ्य बीमा लगायत विभिन्न क्षेत्र समेटेको छ । यस्ता छन् बजेटमा बीमा क्षेत्रका लागि गरिएका व्यवस्था ः  १. एक सय विघा भन्दा ठूला चक्लामा वासनादार धान खेती गर्ने सात नमूना परियोजनालाई सहज...

स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. ७.५० अर्ब बजेट विनियोजन
INSURANCE

स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. ७.५० अर्ब बजेट विनियोजन

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमाको लागि साढे ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने बताउँदै सो का लागि ७ अर्ब ५० करोड बजेट छुट्याएको बताएका हुन् ।  आगामी आवमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिने अर्थमन्त्री पुनले बताए ।...

सामाजिक सुरक्षा कोषमा आबद्ध भएकालाई स्वास्थ्य बीमाको सुविधा
INSURANCE

सामाजिक सुरक्षा कोषमा आबद्ध भएकालाई स्वास्थ्य बीमाको सुविधा

काठमाण्डौ । आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका व्यक्तिले कोषबाटै स्वास्थ्य बीमाको सुविधा पाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  एकीकृत सामाजिक सुरक्षा अवधारण अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धता कायम गरी कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा...

निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार, ओरियन्टल र हिमालयन एभरेष्टले बढाए प्रिमियम संकलन
INSURANCE

निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार, ओरियन्टल र हिमालयन एभरेष्टले बढाए प्रिमियम संकलन

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले पौने ३३ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा १४ निर्जीवन बीमा कम्पनीले ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  निर्जीवन बीमकहरुले संकलन गरेको यो प्रिमियम गत आवको तुलनामा ०.५७ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको यसै अवधिसम्म निर्जीवन बीमा...

युनाइटेड अजोड इन्स्योरेन्स डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
INSURANCE

युनाइटेड अजोड इन्स्योरेन्स डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३१ गते बस्ने गरी विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको टंगालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १०.३० बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी २ अर्ब १० करोड...

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ
INSURANCE

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई  अध्यक्ष सिलवालको निर्देशन
INSURANCE

प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता संघसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाण्डौमा आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष सिलवालले बीमा अभिकर्ताको...

निर्जीवन बीमा व्यबसायी संघद्वारा सञ्चालकले १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था पुनरावलोकन गर्न आग्रह
INSURANCE

निर्जीवन बीमा व्यबसायी संघद्वारा सञ्चालकले १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था पुनरावलोकन गर्न आग्रह

काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यबसायी संघले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । आइतबार भएको उक्त छलफल कार्यक्रममा संघले बोर्डसमक्ष विभिन्न सुझाव पेश गरेको छ ।  संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको सेयर पदमा...

महालेखाको सिफारिसले झट्का, रु. ११.३ अर्ब कोरोना बीमाको बक्यौता प्रिमियम लिने कम्पनीबाटै असुल्नुपर्ने
INSURANCE

महालेखाको सिफारिसले झट्का, रु. ११.३ अर्ब कोरोना बीमाको बक्यौता प्रिमियम लिने कम्पनीबाटै असुल्नुपर्ने

काठमाण्डौ । महालेखा परीक्षकको एउटा सिफारिस कार्यान्वयनमा आएको खण्डमा देशका निर्जीवन बीमा कम्पनीहरुको वित्तीय स्वास्थ्यमा निकै ठूलो क्षति पुग्नसक्छ ।  महालेखा परीक्षकको ६१ औं प्रतिवेदन आइतबार सार्वजनिक भएको छ । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.