मंगलवार, जेष्ठ ५,२०८३ 09:01:01
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:01:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नौ महिनामा रु.१०.४९ अर्बको बीमा पोलिसी सरेण्डर, नवीकरण नभएका बीमालेख १२ लाख

Laxmi Sunrise Bank Limited
नौ महिनामा रु.१०.४९ अर्बको बीमा पोलिसी सरेण्डर, नवीकरण नभएका बीमालेख १२ लाख
Shivam Cement

काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा क्षेत्रबाट पोलिसी सरेण्डरमार्फत १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बाहिरिएको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्म कुल ६८ हजार ८५५ वटा पोलिसी सरेण्डर भएको छ । सरेण्डर भएको पोलिसी संख्या गत आवको सोही अवधिसम्मको तुलनामा १४.१३ प्रतिशत कम हो ।  

गत आवको तेस्रो त्रैमाससम्म ८० हजार १८७ वटा पोलिसी अर्थात् ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको थियो ।  

Bizshala
New Office
CG Motors

जीवन बीमा कम्पनीहरुले सरेण्डरमार्फत बाहिरिदै गएको रकम घटाउन थालेको देखिन्छ । पोलिसी संख्या र रकम घटाउँदा जीवन बीमा क्षेत्रमा ६० करोड १४ लाख रुपैयाँ कायम भएको छ ।  

पछिल्लो समय जीवन बीमा कम्पनी र नियामक निकाय नेपाल बीमा प्राधिकरणले सरेण्डरदर घटाउन विभिन्न खालका सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै आइरहेका छन् ।  

यता सरेण्डरदरको अवस्थामा क्रमिक सुधार देखिन थालेपनि जीवन बीमा कम्पनीहरुमा व्यतित हुने बीमालेख रकम भने बढेको देखिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी नवीकरण नहुनु पनि मुख्य समस्याको रुपमा छ । तेस्रो त्रैमाससम्म ३७ अर्ब ७३्र करोड ४ लाख रुपैयाँ बराबरको पोलिसी नवीकरण हुन बाँकी छ । जुन यो रकम गत आवको तुलनामा २.३३ प्रतिशत बढी हो ।  

तर कम्पनीहरुले पोलिसी नवीकरण नभएको संख्या भने केही कम गरेका छन् । गत आवको तेस्रो त्रैमाससम्म कुल १२ लाख ४६ हजार ३०१ वटा पोलिसी नवीकरण हुन बाँकी थियो भने चालु आवको यस अवधिसम्म १२ लाख २५ हजार ४५४ वटा पोलिसी नवीकरण हुन बाँकी छ । यसर्थमा व्यतित भएका बीमालेखको संख्या गत आवको तुलनामा १.६७ प्रतिशतले घटेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.