आईतवार, श्रावण १०,२०८३ 06:05:22
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:05:22
Bizshala
Global IME Bank Limited

अदालतको नजीरले फेरियो मुद्दाको मोड, आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा

अदालतको नजीरले फेरियो मुद्दाको मोड, आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा
New Office

काठमाण्डौं । कानूनी प्रक्रियामा देखिएको समानता र अदालतको अडानका कारण नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार व्यवसायी शेखर गोल्छाको मुद्दामा अदालतले बीमा ऐनअनुसार म्याद थप गर्न अस्वीकार गरेपछि सोही निर्णयलाई नजीरका रूपमा लिएर श्रेष्ठलाई पनि हाजिरी जमानतमा छोडिएको हो । 

उनलाई २२ वैशाखमा परिवारको जिम्मा लगाइएको जनाइएको छ ।

यसअघि १५ वैशाखमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रेष्ठलाई पक्राउ गरेको थियो ।  

बीमा ऐन २०७९ विपरीतको कसुर गरेको आरोपमा उनलाई काठमाडौंको कागेश्वरी मनहरा–५ बाट नियन्त्रणमा लिइएको थियो ।

बीमा प्राधिकरणको पत्रपछि अनुसन्धान अघि बढाइएको र अदालतबाट ५ दिनको म्याद लिएर छानबिन गरिएको थियो ।

तर, एउटै प्रकृतिको मुद्दामा फरक व्यवहार गर्न नहुने कानूनी व्याख्या अघि आएपछि उनलाई हाजिरी जमानतमा रिहा गरिएको बताइएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.