बिहीबार, आश्विन १,२०८३ 05:03:59
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 05:03:59
Bizshala
Global IME Bank Limited

खुद बीमाशुल्क आर्जनसँगै बढ्यो सूर्यज्योति लाइफको नाफा

खुद बीमाशुल्क आर्जनसँगै बढ्यो सूर्यज्योति लाइफको नाफा
New Office

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले खुद बीमाशुल्क आर्जन बढेसँगै नाफामा सुधार आएको छ । आज प्रकाशित भएको कम्पनीको वित्तीय विवरणअनुसार कम्पनीले ८ अर्ब ६१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म ७ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

बीमाशुलक आर्जन बढेसँगै कम्पनीको नाफा समेत वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ३३ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको २९ करोड ५७ लाखको तुलनामा ११.६७ प्रतिशतले बढी हो ।    

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको कुल आम्दानी पनि ११ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको कुल आम्दानी १० अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको खुद दाबी भुक्तानी समेत बढेको छ । अघिल्लो आवमा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको कम्पनीको दाबी भुक्तानी ९ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल खर्च पनि ९ अर्ब ९१ करोड रुपैयाँबाट बढेर ११ अर्ब २ करोड रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिमा १ लाख ९१ हजार कुल बीमा पोलिसी जारी गरेको छ ।

Muktinath Bikas Bank Limited

यस्तै कम्पनीले जीवन बीमा कोषको आकार बढाएको छ । अघिल्लो आवमा ३ अर्ब ९४ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषको आकार बढेर ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म  कम्पनीको प्रतिसेयर आम्दानी ८.७९ रुपैयाँ, पीई रेसियो ५०.६४ गुणा र प्रतिसेयर नेटवर्थ १२५.४९ रुपैयाँ कायम भएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.