जीवन बीमा कम्पनीहरुले भित्र्याए पौने २ खर्ब प्रिमियम, सबैको व्यवसाय वृद्धि
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसाय १६.०५ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले पौने २ खर्ब प्रिमियम भित्र्याउन सफल भएका छन् । प्राधिकरणका अनुसार आव २०८१–८२ मा जीवन बीमकहरुले १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन यो आव २०८०–८१ को तुलनामा १६ प्रतिशत बढी हो । उक्त आवमा जीवन बीमकहरुले १...

