मंगलवार, भाद्र २,२०८३ 09:48:50
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 09:48:50
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.२४ खर्ब प्रिमियम, सबैको व्यवसायमा ग्रोथ

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.२४ खर्ब प्रिमियम, सबैको व्यवसायमा ग्रोथ
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसाय १४.७३ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चालु आवको ८ महिनासम्ममा १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका छन् ।  

यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा १६ अर्ब बढी हो । गत आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।  

सो अवधिसम्म आइपुग्दा सबै बीमकहरुको व्यवसायमा उल्लेख्य वृद्धि देखिएको छ । फागुन महिनासम्म सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३२ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो प्रिमियम रकम जीवन बीमकहरुको कुल व्यवसायको २६.४४ प्रतिशत हिस्सा हो ।  

Bizshala
CG Motors

नेपाल लाइफको व्यवसाय गत आवको तुलनामा १२.४७ प्रतिशत वृद्धि भएको छ । गत आवको सोही अवधिसम्म कम्पनीले २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।  

त्यस्तै, नेशनल लाइफले १५ अर्ब २१ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १३ अर्ब ४६ करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

यसका साथै हिमालयन लाइफले ११ अर्ब ७१ करोड ६२ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७४ करोड ३० लाख, सूर्यज्योति लाइफले ७ अर्ब ४३ करोड ८७ लाख, एशियन लाइफले ६ अर्ब ३८ करोड ४८ लाख, सिटिजन लाइफले ५ अर्ब ३२ करोड ५८ लाख, सानिमा रिलायन्स लाइफले ४ अर्ब ७६ करोड २८ लाख, आइएमई लाइफले ४ अर्ब २८ करोड ५५ लाख, मेट लाइफले ४ अर्ब २५ करोड १६ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब ९० करोड ९१ लाख, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ८० करोड २० लाख रुपैयाँ प्रिमिमय संकलन गरेका छन् ।  

गत आवको तुलनामा सर्वाधिक व्यवसाय ग्रोथ गर्नेमा भने राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यो कम्पनीले ९५.१९ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.