वीरगञ्जमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक
काठमाण्डौ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३क० बमोजिम जारी गरिएको आदेशअनुसार आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म...

