काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ ।
भारतीय रेल मन्त्रालयका अनुसार रामायणसँग सम्बन्धित यी दुई धार्मिक स्थललाई जोड्ने रेल सेवा बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ ।
रेलले जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुरमा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ ।
जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्नेछ । सातामा एकपटक सञ्चालन हुने यस सेवाबाट दुई देशका धार्मिक पर्यटक तथा अन्य यात्रुको आवागमन सहज हुने र धार्मिक पर्यटन, आर्थिक गतिविधि एवं द्विपक्षीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।