अर्थमन्त्रीको इमेलमा गुनासोको लहर, ६ घण्टाभित्र १६६ वटा कम्प्लेन !
काठमाण्डौ । अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले इमेलबाट अर्थमन्त्रालय मातहतका निकायका काम कार्यबाहीको विषयमा बग्रेल्ती गुनासाहरु प्राप्त भएको बताएका छन् । डा. खनालले मंगलबार साँझ एक स्टाटस पोस्ट गर्दै छोटो समयमा निकै धेरै गुनासोहरु इमेलमा आएको बताएका हुन् ।

