सोमबार, बैशाख ७,२०८३ 02:10:01
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:10:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

५० दिने मुभिङ एभरेजबाट तल खसेको बजारको अबको यात्रा कस्तो ?

Bizshala
५० दिने मुभिङ एभरेजबाट तल खसेको बजारको अबको यात्रा कस्तो ?
Shivam Cement

काठमाण्डौ । नेप्से आज ५० अंक भन्दा बढीले घट्दा करिब ६ अर्बको कारोबार भएको छ । अघिल्लो साताका २ कारोबारमा डार्क क्लाउड कभर प्याटर्न बनाएको बजारमा आज स्ट्रङ वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा घट्दो बजारलाई संकेत गर्छ ।  

बजारलाई मुभिङ एभरेजबाट नियाल्दा आज ५० दिने मुभिङ एभरेजबाट पनि तल खसेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज तल्लो ब्याण्डमा बिक्री दबाब परेको देखिन्छ । म्याक्डीमा पनि वियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आरएसआई आज ३९ को तहमा चलको छ । घट्दो बजारमा आरएसआई ओभर सोल्ड जोन ३० सम्म पुग्न सक्छ । यस अघिका सपोर्टका विन्दुहरुमार्फत नियाल्दा बजारले अब नजिकको सपोर्ट २६ सय विन्दु आसपास लिन सक्छ ।  

CG Motors
Garima Development Bank
IME remit

भोल्युममार्फत नियाल्दा पनि हाल बजारमा दैनिक औषतभन्दा कम कारोबार भएको छ । पिभट् मार्फत बजारको पछिल्लो अवस्थालाई नियाल्दा पहिलो सपोर्ट २६८० विन्दुलाइ भत्काएर तल खसेको बजारको अबको दोस्रो सपोर्ट २६०५ र तेस्रो सपोर्ट २५५० विन्दु आसपास हुन सक्छ । त्यसैगरि, बजार बढेमा बजारले २६७६, २७३२ र २८०३ विन्दुमा क्रमशः प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.