बुधबार, चैत्र २०,२०८१ 07:36:41
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:36:41
IME remit
Global IME Bank Limited

५० दिने मुभिङ एभरेजबाट तल खसेको बजारको अबको यात्रा कस्तो ?

Hyundai Nepal
५० दिने मुभिङ एभरेजबाट तल खसेको बजारको अबको यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्से आज ५० अंक भन्दा बढीले घट्दा करिब ६ अर्बको कारोबार भएको छ । अघिल्लो साताका २ कारोबारमा डार्क क्लाउड कभर प्याटर्न बनाएको बजारमा आज स्ट्रङ वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा घट्दो बजारलाई संकेत गर्छ ।  

बजारलाई मुभिङ एभरेजबाट नियाल्दा आज ५० दिने मुभिङ एभरेजबाट पनि तल खसेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज तल्लो ब्याण्डमा बिक्री दबाब परेको देखिन्छ । म्याक्डीमा पनि वियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

आरएसआई आज ३९ को तहमा चलको छ । घट्दो बजारमा आरएसआई ओभर सोल्ड जोन ३० सम्म पुग्न सक्छ । यस अघिका सपोर्टका विन्दुहरुमार्फत नियाल्दा बजारले अब नजिकको सपोर्ट २६ सय विन्दु आसपास लिन सक्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भोल्युममार्फत नियाल्दा पनि हाल बजारमा दैनिक औषतभन्दा कम कारोबार भएको छ । पिभट् मार्फत बजारको पछिल्लो अवस्थालाई नियाल्दा पहिलो सपोर्ट २६८० विन्दुलाइ भत्काएर तल खसेको बजारको अबको दोस्रो सपोर्ट २६०५ र तेस्रो सपोर्ट २५५० विन्दु आसपास हुन सक्छ । त्यसैगरि, बजार बढेमा बजारले २६७६, २७३२ र २८०३ विन्दुमा क्रमशः प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.