बुधबार, चैत्र २०,२०८१ 07:24:39
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:24:39
IME remit
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर सामान्य उतारचढाव भएको सेयर बजार अन्तिम समयमा झिनो अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा २ दिन लगातार घटेको नेप्सेको सपोर्ट जोनमा डोजी स्टार बनेको देखिन्छ ।  

सेयर तथा सूचकको सुरु र अन्तिम मूल्य एउटै भएर तल–माथि लामो धागो बनेको खण्डमा डोजी क्याण्डल बन्ने गर्छ । यसबाट बजारमा विस्तारै आपूर्ति कमजोर हुँदै गरेको तथ्यलाई संकेत गर्छ । यो भनेको अनिर्णयको क्याण्डल पनि हो ।  

Shivam Cement
Bizshala
CG Motors

माथिको लामो धागोले बिक्रीकर्ता बजारमा अझै रहेको बुझिन्छ भने तलको लामो धागोले खरिदकर्ता हाबी हुँदै गरेको बुझिन्छ । आगामी कारोबारमा यदि बजार आजको उच्च विन्दु २६५० भन्दा माथि लागेमा सम्भावित रुपमा अप ट्रेन्ड र आजको न्यून विन्दु २६११ भन्दा तल लागेमा बजारमा डाउन ट्रेण्ड लागेको मानिने छ  ।  

बजारलाई भोल्युममार्फत हेर्दा आज भोल्युम ड्राई भएको छ । यसले पनि आज बिक्रीकर्ता पछि हटेको बुझिन्छ । बजारलाई बोलिङ्गर ब्यान्डमार्फत हेर्दा तल्लो ब्याण्डमा डोजी स्टार बनेको देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डेली बेसमा आरएसआई ४० को तहमा रहेको देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा आज बजार बोलिङ्गरको तल्लो ब्याण्डमा सम्हालिन खोजेको देखिन्छ । तर यसको निश्चिताको लागि भने अझै एउटा कारोबार नियाल्नु पर्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबरको लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.