काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । बैठकले गत आवका लागि सेयरधनीहरुलाई ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश गरी कुल ३.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
यस्तै बैठकले लाभांशसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र बैंकको आगामी २० औं साधारण सभाबाट अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।