काठमाण्डो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज नेपाल एसबिआई बैंक र तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.६५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ। कुल लाभांशमा ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस सेयर रहेको छ । लाभांशको प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस २१ गते काठमाण्डौको भद्रकालीम रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ ।
त्यस्तै तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले गत आवका लागि ११ प्रतिशत नगद लाभांश(कर बाहेक) प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीले पुस २४ गते आयोजना गर्न लागेको २८ औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।