शुक्रबार, श्रावण १,२०८३ 04:21:28
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:21:28
Bizshala
Global IME Bank Limited

सीजी इलेक्ट्रोनिक्सद्वारा १ हजार जनालाई एनपीएलको टिकट वितरण

सीजी इलेक्ट्रोनिक्सद्वारा १ हजार जनालाई एनपीएलको टिकट वितरण
New Office

काठमाण्डौ । सीजी इलेक्ट्रोनिक्सले एक हजार ग्राहकलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको निशुल्क टिकट वितरण गरेको छ । एनपीएलका अवसरमा आयोजित रोमाञ्चक अफरअन्तर्गत कम्पनीले उक्त टिकट वितरण गरेको हो ।  

उक्त अफरअन्तर्गत सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्रमार्फत १ हजार विजेता छनोट गरिएको थियो । जसले किर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेका छन् ।  

कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकहरूमध्येबाट लक्की विजेता छनोट गरी सबै टिकट वितरण गरेको जनाएको छ ।  

सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने, ‘१ हजार टिकट वितरण गर्दै ग्राहकहरूसँग एनपीएलको जोश र उत्साह साझा गर्न पाउँदा हामीलाई गर्व छ । हाम्रा ग्राहकहरूको खुशी नै हाम्रो प्राथमिकता हो, र यो अभियानले उनीहरूलाई उत्कृष्ट मूल्य र क्रिकेटको प्रत्यक्ष मज्जा प्रदान गर्ने अवसर दियो ।’  

अभियानका क्रममा ठूला घरेलु उपकरणहरू जस्तै टिभी, वाशिङ मेसिन, फ्रिज, एयर कण्डिसनर, विभिन्न प्रकारका हिटर, डिसवासर,  आदिबाट लिएर साना घरेलु उपकरणहरू जस्तै एयर फ्रायर, भ्याकुमक्लिनर, आयरन, कफी मेकरजस्ता उत्पादनहरू खरिद गर्न ग्राहकहरूले ठूलो उत्साह देखाएको  

सीजी इलेक्ट्रोनिक्सले एनपीएल टिकट वितरण अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै ग्राहकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप रोमाञ्चक अफरहरू ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.