सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना: यस्ता छन् अफर
काठमाण्डौ । नेपालीहरूको महान चाड दशैं, तिहार र छठपर्वको अवसरमा, सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । “भित्र्याऔँखुशी र समृद्धि#Level Up With CG” नामक यस अभियानअन्तर्गत ग्राहकहरूले अत्याधुनिक CG तथा CG Meridia Signature Series का उत्पादनहरूमा रु. १,८१,९०० सम्मको आकर्षक क्यासब्याक, विशेष उपहारहरू तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सक्नेछन्।