काठमाण्डौ । इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि अन्तरक्रियात्मक डिजिटल बोर्ड अथवा स्मार्ट बोर्ड शुरु गरेको छ । अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
अन्तरक्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहँुचयोग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागिउ पयूक्त वस्तु प्रमाणित हुन सक्ने कम्पनीले जनाएको छ । इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने, प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससंग अन्तरक्रिया गर्न पनि सकिन्छ ।
यो स्मार्ट बोर्ड विशेष गरी कक्षाकोठा, बोर्ड रुम, मिटिड्ड हल र घरमा पनि उपयोगी छ । जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्छन् ।
यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।