शुक्रबार, श्रावण १,२०८३ 04:17:31
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:17:31
Bizshala
Global IME Bank Limited

एलजीको विश्वकप लक्षित ‘खेल्छ नेपाल घरघरमा’ योजना सार्वजनिक, ४०% सम्मको नगद छुट र रु.१ लाखको बीमा

एलजीको विश्वकप लक्षित ‘खेल्छ नेपाल घरघरमा’ योजना सार्वजनिक, ४०% सम्मको नगद छुट र रु.१ लाखको बीमा
New Office

काठमाण्डौ । नेपाली क्रिकेट टिमको सम्पूर्ण वर्ल्डकप म्याचहरु घरमै बसी–बसी हेर्न एलजीले ‘खेल्छ नेपाल घरघरमा’ नामक योजना अघि सारेको छ। यसपाली टी–२० क्रिकेट वर्ल्डकप २०२४ अमेरिका र वेष्टइन्डिजमा जेठ २० गतेबाट सुरु हुँदै छ । जसमा नेपाल सन २०१४  पछी दोस्रो पटक भाग लिदैंछ। 

यस योजनाअन्तर्गत ग्राहकहरुले एलजी टिभीबाट घरमै स्टेडियमबराबरको मज्जा लिई नेपाली टिमलाई चियर गर्दै क्याशब्याक र उपहार पनि जित्न सक्नेछन्। योजनाअनुसार कुनैपनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र रु.१ लाखको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ। साथै,एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एसएन फोर उपहार सित्तैमा पाइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ३२ इन्चदेखी ८६ इन्च साइजसम्ममा उपलब्ध एलजीका टिभीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन्। एलजीका क्युनेड टिभी यूक्युरयूआर सिरिजअन्तर्गतका युएचडी टिभीहरुमा ३ वर्षको फुल वारेन्टी रहेको छ। साथै कुनैपनि एलजी टीभीको खरिदमा रु.१ लाखको दुर्घटना बीमा पनि प्राप्त गर्न सकिनेछ। ग्राहकहरुले यो बीमामार्फत संसारको कुनैपनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन्। 

यसका साथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनैपनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ।

यो योजना जेठ १७ गतेदेखी नेपाल अधिराज्यभरी सिमित अवधीका लागि लागू गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.