काठमाण्डौ माईडिया होम अप्लायन्सेसद्वारा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको ‘न्यू इरा अफ स्मार्ट लिभिङ’ योजनाअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ जेठ २०८२ मा फेसबुकलाइभ मार्फत सम्पन्न गरिएको हो। कार्यक्रमको प्रत्यक्ष प्रसारण माईडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो।
यस लक्की ड्र कार्यक्रमअन्तर्गत काठमाण्डौ निवासी बलराम कार्कीले मासिक उपहारको रूपमा ८ केजी माईडिया वाशिङ मेसिन जित्न सफल भएका छन्।उनले चौधरीसमूह अन्तर्गतको आधिकारिकःमाईडिया डिलरबाटः माईडिया उत्पादन खरिद गरी योजनामा सहभागीता जनाएका थिए । खरिदपछि गरिएको कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनलाई स्वतःमासिक लक्की ड्र का लागि योग्य बनाएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।