शनिबार, श्रावण २३,२०८३ 12:52:55
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 12:52:55
Bizshala
Global IME Bank Limited

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा
New Office

काठमाण्डौ । सीजी डिजिटलले आफ्ना ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निःशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । ग्राहकहरुले सीजी डिजिटलका स्टोरहरूमा एलजी,सिजी गोड्रेज,माईडिया र ब्ल्याक प्लस डेकर का माइक्रोवेव ओभन किन्दा कुकिङसम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन्।

साथै, यस कक्षाको व्यवस्था काठमाण्डौ उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ । जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको लागि अवसर प्रदान गर्नेछ। यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रो वेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ।सीजी डिजिटलको अनुभवी,प्रशिक्षित,कुशल सेफबाट यो कक्षा सञ्चालन भैरहेको छ  ।  

अहिले, इटहरी,बिराटनगर, दमक, बिर्तामोड,झापा,काकडभित्ता, चन्द्रगढी,धरान उर्लाबारी र लहानमा सीजी डिजिटललगायत एलजीको डिलरहरुमा यो कुकिङ कक्षा पुस २५ गतेदेखि माघ ११ सम्म चल्नेछ ।  

सीजी डिजिटलका सेफ धन बहादुर बस्नेतले भने, ‘हामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ।यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधीको प्रयोगमा सघाउन चाहन्छौं।यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ।’

प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिने कम्पनीले जनाएको छ । ।कक्षामा विशेष गरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइने छ भने सुरुमा कक्षामा सिकेर पनि आफुलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.