काठमाण्डौ । चौथरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रिोनिक्सले उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा ल्याएको छ । सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको छ– डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर ।
राम्रो डिजाइन र उच्च कोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको छ र टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्शन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता नवीन र परिष्कृत सुविधाहरूले भरिएको कम्पनीले जनाएको छ ।
यी सबै कुलरहरू पनि ५ प्रतिशत ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध हुने कम्पनीले जनाएको छ ।