काठमाण्डौ । सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ वासिङ मेसिन ल्याएको छ । सिजीले वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिनभित्र नै सहजै सुक्ने प्रविधियुक्त, सिजी वासर एन्ड ड्रायर वासिङ मेसिन उपलब्ध गराएको हो ।
पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उदेश्यले सिजले यो वासिङ मेसिन ल्याएको जनाएको छ ।
उक्त मेसिनमा स्पाकेयर प्रविधिको सहयोगले लुगा सफासँग धोई लुगामा भएका किटाटुहरुलाई नाश गरि,हिट पम्प ड्राइङ टेक्नोलोजिमार्फत कपडा मेसिनभित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्छ ।
बि ड्राइभ इन्भर्टर मोटरले १४०० आरपी.एममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि–वाश,नाईट वाश, एक्स्ट्रा रिन्ज अनि स्पिड वाशजस्ता मोडहरु छन् ।
सि.जीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ र बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैका सिजीे स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।