काठमाण्डौ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ ।
यस क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्रीफोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेलमार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत मर्मत सेवाशुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट, एक्सचेन्जमा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्य र नयाँ एसी खरिद गर्दा २० प्रतिशतसम्मको छुट दिने कम्पनीले जनाएको ।
यस अफर मार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अबस्थाको एसी एक्सचेन्ज गर्न सक्नेछन् । ग्राहकहरुले सीजी इलेक्सको वेवसाइट मार्फत आफैले आप्mनो सामानको मुल्याङकन गर्न सक्नेछन् ।
सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्नेछन् र कर्मचारीहरुले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।