काठमाण्डौ । ईओएल प्रालि, नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले रुचाएको केन्टआर ओले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा इलेक्ट्रिक केटल पाउने कम्पनीले जनाएको छ ।
यो योजना चैत्र २३ गतेदेखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।