आईतवार, फाल्गुन ११,२०८१ 02:10:50
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:10:50
IME remit
Global IME Bank Limited

लगातार तीन साता घट्यो नेप्से, डाउ थेउरीमा अबको सम्भावना कस्तो ?

Hyundai Nepal
लगातार तीन साता घट्यो नेप्से, डाउ थेउरीमा अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६८२.२९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५९६. ८२ विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता समग्रमा बजार ८५.४१ अंकले घट्यो । अघिल्लो साता बजार ५२ अंकले घटेको थियो  । यो साता ४ कारोबार दिनमा १९ अर्ब ३० करोडबराबरको कारोबार भयो । अघिल्लो साता ५ दिनमा २८ अर्ब ६८ करोडबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता बजार घट्दा कारोबार पनि घट्यो ।  

यो साता बजार पूँजीकरण ४३ खर्ब ७ अर्ब पु्गेको छ । अघिल्लो साता बजार पूँजीकरण ४४ खर्ब ४९ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा १ खर्ब ४२ अर्बले बजार पूँजीकरण घटेको छ । नेप्सेमा तीन साता अगाडी बजार पूँजीकरण ४५ खर्ब ५६ अर्ब रहेको थियो भने यो साता ४३ खर्ब ७ अर्ब रहेको छ । यस हिसाबले तीन सातामा बजार पूँजीकरण २ खर्ब ४९ अर्बले घट्यो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

प्राविधिक पक्षः  

डाउ थेउरीको आधारमा अबको बजार कस्तो ?

तीन साताअघि २७८० विन्दुमा ३ पटक नै प्रतिरोध सामना गरेर खसेको बजार यो साता २६ सय विन्दु तल बन्द भएको छ । त्यसपछि २६६० विन्दुसम्म खसेको बजारले २७३० विन्दुमा लोअर हाई बनायो । यो भनेको डाउ थेउरीअन्तगर्त बजारले वियरिस यात्रा तय गर्दै गरेको छ भन्ने हो । यो भन्दा अगाडीको विन्दु २७८० र २७३० विन्दुहरु जोड्दा एउटा ट्रेन्ड लाइन बन्न जान्छ । अब बजारले माथिको यात्रा तय गर्न यो ट्रेन्ड लाइन भन्दा माथि बजार बन्द हुनु पर्नेछ ।  

अर्थात यो साता २६ सयबाट तल खसेको बजार आगामी साता कुनै पनि विन्दुबाट फर्केर २६५० विन्दुभन्दा माथि बन्द हुन्छ भने डाउ थेउरीअन्तगर्त बजारले अप ट्रेन्ड लिएको मान्न सकिन्छ । अन्यथा बजार केही समय साइड वेजनै चल्न सक्ने देखिन्छ ।  

इचिमोकूको आधारमा  

इचिमोकूको आधारमा यो साता बजार क्लाउड पोजिसनबाट तल खसेको छ । यसले घट्दो बजारलाई जनाउँछ । बेस लाईनलाई कन्भर्जन लाइनले माथिबाट काटेर तल खसेको छ । २६ दिन पछाडी चल्ने ल्यागिङ स्पान पोजिसन पनि घट्दो अवस्थामा रहेको छ । क्लाउडको पोजिसन हरियो नै रहेता पनि विस्तारै रातो हुने क्रममा देखिन्छ । समग्रमा इचिमोकूमार्फत नियाल्दा हाल बजार साइडवेज नै चलेको देखिन्छ ।  

कारोबार तथा मनीफ्लो इन्डेक्सको आधारमा  

यो साता बजारमा निकै कम कारोबार आएको छ । अर्थात भोल्युम ड्राई अप बन्दै गरेको देखिन्छ । डेली बेसमा बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा यो साता ३० को तहमा पुगेको छ । घट्दो बजारमा यस्तो इन्डेक्स २० भन्दा तल पनि आउन सक्छ । मनी फ्लो इन्डेक्समा ८० भन्दा माथिको विन्दुलाई ओभर बट जोन र २० भन्दा तलको विन्दुलाई ओभर सोल्ड जोन मानिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९३७

प्रतिरोध २ – २८५९

प्रतिरोध १–  २८०३

पिभट प्वइन्टः २७३२

घटेमा सपोर्ट  

सपोर्ट १– २६७६

सपोर्ट २– २६०५

सपोर्ट  ३ –२५४९

निष्कर्षः यो साता नेप्से ८५ अंकले घट्यो । अघिल्लो साता भने नेप्सेमा ५२ अंकको गिरावट आएको थियो । त्यो भन्दा अघिल्लो साता बजार १२ अंकले घटेको थियो । यस हिसाबले तीन सातामा बजारमा १४९ अंकको गिरावट आएको छ ।  

डेली बेसमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा यो साता तल्लो ब्याण्डमा चलेको छ । डेली बेसमा आरएसआई ३६ को तहमा चलको देखिन्छ । मूभिङ एभरेजबाट नियाल्दा पनि बजार ५० दिने मूभिङ एभरेजबाट तल खसेको छ । पिभट्बाट नियाल्दा बजारले यस अघिनै पहिलो र दोस्रो सपोर्ट भत्काईसकेको छ ।

यस हिसाबले अब आगामी साता बजारले पिभट् प्वइन्टको तेस्रो सपोर्ट २५५० विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ । किनकी बजारमा इन्डिेटरहरु ओभर सोल्ड जोन नजिक पुगिसकेका छन् । डाउ थेउरीमा भने बजारले हाल लोअर लोका सिरिज बनाएको छ । यदि अगामी कारोबारमा बजारले हायर हाईका सिरिज बनाएको खण्डमा माथिको यात्रा तय पनि गर्न सक्छ ।  

क्षेत्रगत रुपमा हेर्दा यो साता बजारमा सबै उपसमूहमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.