बुधबार, चैत्र २०,२०८१ 07:43:16
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:43:16
IME remit
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा बन्यो ‘मर्निङ स्टार’, के होला अब बजार ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा बन्यो ‘मर्निङ स्टार’,  के होला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्स परिसूचक करिब २९ अंकले बढेर बन्द भएको छ । आज बजारमा ४ अर्ब ४३ करोड माथिको करोबार भएको छ । प्राविधिक रुपमा आजको बढाईले बुलिस मारुबुजु क्यान्डल बनेको संकेत गरेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  

बोलिङ्गर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा तल्लो ब्यान्डमा सपोर्ट लिएको देखिन्छ । अघिल्लो कारोबारहरुमा बनेका दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बजारमा तल्लो ब्यान्डमाथि ‘मर्निङ स्टार’ बनेको देखिन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

यदि पहिलो क्यान्डल रातो,  दोस्रो क्यान्डल डोजी वा इन्भर्टेड ह्याम्मर र तेस्रो क्यान्डल बुलिस मारुबुुजु क्यान्डल बन्छ भने त्यसलाई मर्निङ स्टार क्यान्डल भनिन्छ । यसले बजार सम्भाबित रुपमा माथि जाने संकेत गर्छ ।  

म्याक्डीमार्फत हेर्दा आज बजारमा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नकारात्मक नै छन् । तर आज हिस्टोग्राम केही फिक्का र छोटो बनेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आरएसआईमार्फत हेर्दा ओभर सोल्ड जोन ३३ को तहबाट फर्केर ४० को विन्दुमा पुगेको छ ।  

पिभटमार्फत हेर्दा बजारले अबको प्रतिरोध क्रमशः २६२४, २६५६ र २७१६ विन्दुमा लिन सक्छ । त्यसैगरि घटेमा भने क्रमशः २५६५, २५३३ र २४७५ विन्दुमा सपोर्ट लिनेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.