मंगलवार, कार्तिक ३,२०८३ 03:33:25
  • मंगलवार, कार्तिक ३,२०८३ 03:33:25
Global IME Bank Limited

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Bizshala
यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज कुथेली बुखरी स्मल हाइड्रो, आरएसडिसी लघुवित्त,माउन्टेन इनर्जी,मञ्जुश्री फाइनान्स र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गदैछन् । पुस १० गत क्रिसमसको सार्वजनिक बिदा परेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

आरएसडिसी लघुवित्तले पनि गत आवका लागि सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ ।  

माउन्टेन इनर्जी नेपाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, मञ्जुश्री फाइनान्सले आव २०८०/८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६।३५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने घोषणा गरेको छ ।  

मिथिला लघुवित्तले गत आवका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश दिदैछ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.