काठमाण्डौ । अमेरिकामा १ अर्ब १३ करोड डलरबराबरको चिठ्ठामा करिब ९ महिनापछि दाबी परेको छ । चिठ्ठा खुलेको ९ महिनापछि दाबी परेको न्यू जर्सी लर्टीले जनाएको छ ।
चिठ्ठा प्रदान गर्ने कम्पनीका अनुसार यो चिठ्ठा राशी ३ दशक लामो इतिहासकै पाचौं ठूलो हो । यो चिठ्ठा गत मार्च २६ मा खुलाइएको थियो ।
अन्य चिठ्ठा विजेता जस्तै यो चिठ्ठाका विजेताले पनि कर काटेर पाइने ५३ करोड ७५ लाख डलर लाने इच्छा व्यक्त गरेको लट्री अधिकारीहरुले बताएका छन् ।
चिठ्ठा विजेताको पहिचान भने गोप्य राखिएको छ । चिठ्ठा दाबी गर्न एक वर्षको समय हुने भएकाले ढिलागरी दाबी आउनु सामान्य भएको अधिकारीहरुले बताएका छन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                