काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले कर्मचारी सामुहिक दुर्घटना बीमा सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकमा कार्यरत स्थायी,करार तथा मासिक पारिश्रमिक गरी करीब २ हजार ५५७ जना कर्मचारीको आव २०८०/८१ का लागि २४ सै घण्टाको जोखिम व्यहोर्ने शर्तमा दुर्घटना बीमा सम्बन्धी प्रस्ताव आह्वान गरेको हो ।
कम्पनीले ७ लाखको दरमा कर्मचारीको दुर्घटना बीमा गर्न इच्छुक बीमा कम्पनीहरुलाई प्रस्ताव आह्वान गरेको छ । इच्छुक बीमा कम्पनीहरुले के कति दरमा कुन–कुन सुविधा उपलब्ध गराउन सकिन्छ सो सम्बन्धी विस्तृत विवरण उल्लेख गरी बैंकको जनशक्ति व्यवस्थापन विभागमा शिलबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ ।
इच्छुक बीमा कम्पनीहरुले फागुन २० गतेभित्र प्रस्ताव पेश गर्नुपर्ने बैंकले जनाएको छ ।