आईतवार, बैशाख ६,२०८३ 11:15:06
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:15:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

Bizshala
कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बैंकको सेयर कारोबार रोक्का गर्ने निर्ण भएको जानकारी दिए ।  सेयर कारोबार रोक्का हुनुअघिसम्म बैंकको सेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँमा कारोबार भईरहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई नियन्त्रणमा लिएको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम गत मङ्सिर ११ देखि लागु हुनेगरी शीघ्र सुधारात्मक कारबाही गरिएको थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.