बुधबार, भाद्र ३,२०८३ 05:15:07
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 05:15:07
Bizshala
Global IME Bank Limited

२ लाख लिएर सेयर बजार छिरेका बानियाँले यसरी बनाए पाँच वर्षमा ठमेलमा घर, भन्छन् ‘पारिवारिक सहयोग मुख्य कारण’

२ लाख लिएर सेयर बजार छिरेका बानियाँले यसरी बनाए पाँच वर्षमा ठमेलमा घर, भन्छन् ‘पारिवारिक सहयोग मुख्य कारण’
New Office

काठमाण्डौ । यदि पैसा कमाउने हो भने हरेक पेशामा अन्यले भन्दा केही भिन्न तरिकाले चल्नुपर्छ । सेयर बजार त झनै चुनौतीको ठाँउ हो । समय–समयमा परिवर्तन भईरहने सरकारी नीति र अस्थिर सरकारले लगानीकर्ताहरुलाई प्रभाव पारिरहेको हुन्छ । भनिन्छ पूँजीबजारमा ५–१० प्रतिशत मात्रै लगानीकर्ता सफल हुन्छन् ।  

यो ५–१० प्रतिशतभित्र पर्न बजारको अवस्थाले साथ दिनुका साथै लगानीकर्ताको आफ्नो खुबी पनि आवश्यक पर्छ । यस्तै अवस्थाले सफल बनेका लगानीकर्ता मध्येका एक हुन्–बाबुलाल बानियाँ। नक्सालको सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा भेटिएका बाँनिया नियमित ब्रोकर हाउस आउने सक्रिय लगानीकर्ता हुन् । आज हामीले उनै बानियाँको सेयर बजारको सफलताको कथा र अनुभव पस्कने जमर्को गरेका छौं । हामीलाई आशा छ उनको सफलताको कथा अन्य लगानीकर्ताका लागि शिक्षा र केही नयाँ कुरा सिक्ने पाठ बन्नेछ ।  

गोर्खा जिल्ला पुर्ख्यौली थलो भएका बानियाँ हाल ठमेल स्रोहखुट्टेका बासिन्दा हुन् । सोह्रखुट्टेको घर उनले सेयर बजारबाट नै कमाएर बनाएका हुन् । त्यो पनि जम्मा २ लाखबाट सुरुवात गरेर । धेरैलाई विश्वास नलाग्न पनि सक्छ जम्मा २ लाखबाटै सेयर बजारमा लागेर ठमेल जस्तो ठाँउमा घर बनाउन सम्भव छ त ? बानियाँको सफलताले भने यो प्रश्नको उत्तर दिएको छ ।  

Bizshala
CG Motors

उनको सेयर कारोबार गर्ने तरिका अन्यभन्दा केही भिन्न छ । उनले दीर्घकालको लागि आफ्नै पैसाबाट मात्रै लगानी गर्ने गरेका छन् । स्रोहखुट्टेमा उनको किराना पसल पनि छ । पसलबाट बचेको पैसा उनले सेयर बजारका राम्रा कम्पनीमा लगानी गर्छन् । यस्तै उनले अन्य केही यस्ता तरिकाहरु समेत अबलम्बन गर्ने गरेका छन्, जुन अन्यको भन्दा केही फरक रहेको छ ।  

उनले प्रायः दोस्रो बजारमा भन्दा पनि अक्सन बजारका लघुवित्त जस्ता कम्पनीको सेयरमा लगानी गर्छन् ।  यसमा थोरै मात्रै लगानीकर्ताको मात्रै ध्यान जाने गर्छ । अक्सन मार्केटमा धेरै कित्ता सेयर कम मूल्यमा पारेर उच्च मूल्यमा बिक्री गर्न सकिने बानियाँ बताउँछन् । उनले सूर्योदय वोमी लघुवित्तको सेयर प्रतिकित्ता रु ४ सयमा अक्सन बजारमा पारेर १८ सय भन्दा माथि बेचेको बताए । त्यसैगरि समता घरेलु  लघुवित्तको सेयर पनि ५ सयमा हालेर २ हजार माथि बिक्री गरे । यी भनेका उनलाई सम्झनामा  भएका कम्पनी मात्रै हुन् । उनले अक्सनमा सेयर भर्दा बजार मूल्यको १५ देखि २० प्रतिशतसम्म घटाएर लगानी गर्ने गर्छन् । बोलकबोलमार्फत सेयरमा आवेदन दिँदा उनको रमाइलो अनुभव समेत छ ।  

उनले एकपटक एभरेष्ट बैंकको सेयर अक्सन बजारमा २० प्रतिशत घटाएर हाले । तरपछि उक्त सेयर कट् अफ मूल्य १ सयमा नै पाइयो । यस्तो भएको उनको १५/२० वर्षको अनुभवमा पहिलो हो ।बानियाँले हाल ठमेलमा घर बनाएको पनि यही माइक्रो फाइनान्सको सेयर अक्सन बजारमा ४/५ सयमा किनेर २ हजार माथि बेचेर नै हो । बानियाँ अक्सनमा सेयर किन्न डर नलाग्ने बताउँछन् ।  

यसमा कम जोखिम र उच्च प्रतिफल हुने उनी बताउँछन् । उनलाई सेयर किन्न छुटेकोमा केही पछुतो पनि छ । एकपटक बाबुराम भट्टराई अर्थ मन्त्री भएको बेलामा नेप्से ३ सय सम्म आयो । त्यो बेला सेयर निकै सस्तोमा आएको थियो । त्यस बेला साथिभाइले सेयर किनेको तर आफूले सेयर किन्न नपाएकोमा उनले पछुतो गर्ने गरेका छन् ।  

तर पनि पूँजीबजारको सफलतामा आफू खुसी नै रहेको बाँनिया बताउँछन् । उनको बिचारमा सेयर बजारमा सफल हुन आफ्नो परिवार र साथिभाईलाई सेयर पनि सम्पति हो भन्ने बुझाउन अति आवश्यक छ । पारिवारिक सहयोगबिना सेयरमा सफल हुन कठिन हुने बानियाँको बुझाइ रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.