मंगलवार, कार्तिक ३,२०८३ 03:40:05
  • मंगलवार, कार्तिक ३,२०८३ 03:40:05
Global IME Bank Limited

हिमालयन क्यापिटलद्वारा पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न

Bizshala
हिमालयन क्यापिटलद्वारा पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले बजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर २३ गतेदेखि २८ गतेसम्म कर्णाली प्रदेशको भैरवी गाउँपालिका, दैलेख, कुमाख गाउँपालिका सल्यान र भेरीगंगा नगरपालिका सुर्खेतका विविन्न विद्यालयका विद्यार्थीहरुलाई पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो।

हिमालयन क्यापिटलका प्रमुख, अनुपालन विभागका,निमेष प्रसाद अधिकारीबाट उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरु, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया,धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोषसम्बन्धी जानकारी प्रदान गर्दै छलफल गरिएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

साथै, पूँजी बजारको निरन्तर विकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको  सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने  उद्देश्यको साथ कार्यक्रम सञ्चालन गरिएको थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमबाट विद्यार्थीहरुलाई लाभान्वित हुने बिश्वास कम्पनीको रहेको छ । कार्यक्रमका सहभागी विद्यार्थीहरुले यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा सेयर बजारसम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.