काठमाण्डौ । जस्मिन पेन्टसले जोर कुसुम पार्कमा बृक्षारोपण गरेर एनपीएलमा गरेको प्रतिबद्धताको कार्यान्वयनको सुरुवात गरेको छ । कम्पनीले चितवनको भरतपुरमा रहेको जोर कुसुम पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । जस्मिन पेन्टस् प्रालि र नेपाल क्रिकेट एसोसियसन (क्यान)को सहकार्यमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल क्रिकेट एसोसियसन क्यानका सचिब पारस खड्काले बर र पिपलको बिरुवा रोपी कार्यक्रमको उद्धघाटन गरेका थिए। भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग अन्तर्गतको सम्पूर्ण खेलहरुमा भएका चौका र छक्काको संख्याका आधारमा बिरुवा रोपिने जस्मिन पेन्टसको प्रतिबद्धता अनुरुप आज बाट बृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको हो । जस अन्तर्गत ६५३ वटा चौका र ३४३ वटा छक्का रहेको थियो ।
कम्पनीका ब्रान्ड एम्बेस्डर समेत रहेका पारसले नेपाली खेल जगतमा जस्मिन पेन्टस् ले गरेको सहयोगले क्यानलाई थप हौसला मिलेको बताए । कम्पनीले गरेको योगदानको कदर गर्दै आगामी दिनहरुमा पनि साथ सहयोगको आबश्यकता रहेको उनले बताए ।
जस्मिन पेन्टस् ले एनपीएल सुरु अघि देखिनै प्रत्येक चौकामा एक बिरुवा र प्रत्येक छक्कामा २ बिरुवा रोपिने प्रतिबद्धता ब्यक्त गरेको थियो । कम्पनीको प्रतिबद्धता अनुसार जम्मा १ हजार ३३९ वटा बिरुवाहरु आज बाट सुरु गरि बिभिन्न स्थानमा वृक्षारोपण गरिने कम्पनीका संञ्चालक लक्ष्मण अर्यालले बताए ।