सोमबार, कार्तिक २,२०८३ 10:41:55
  • सोमबार, कार्तिक २,२०८३ 10:41:55
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सको हकप्रद तत्कालै नआउने, यस्तो छ कारण

Bizshala
हिमालयन रि इन्स्योरेन्सको हकप्रद तत्कालै नआउने, यस्तो छ कारण
New Office

काठमाण्डौ । दुई पुनर्बीमा कम्पनी नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको चुक्तापुँजी बढाउने कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । नेपाल बीमा प्राधिकरणले २०८० माघ १७ गते दुई पुनर्बीमा कम्पनीलाई एक वर्षभित्र २० अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो ।  

प्राधिकरणले चुक्तापुँजी बढाउन दिएको समयसीमा सकिनै लाग्दा पनि हिमालयन रि र नेपाल रि ले पुँजी बृद्धिको कुनै प्रक्रिया अघि बढाउन सकेको छैन ।  

प्राधिकरण स्रोतका अनुसार यी दुई कम्पनीले चुक्तापुँजी बृद्धि गर्न समय थप गर्न माग गरेका छन् । माघसम्म पुँजी बृद्धि गर्न सम्भव नहुने भन्दै डेडलाइन थप्नुपर्ने माग गरेको प्राधिकरणको एक कर्मचारीले बताए ।  

‘हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको चुक्तापुँजी बढाउने विषयमा कम्पनीहरुले पोहोर नै क्यापिटल प्लान पेश गरेपनि त्यहिअनुसार प्रक्रिया अघि बढाउन सकेका छैनन्’ ती कर्मचारीले भने, ‘कम्पनीहरुले पुँजी बढाउनका लागि समयसीमा थप्नुपर्ने माग गरेका छन् तर यसको विषयमा बोर्डले मात्रै निर्णय गर्नेछ ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सरकारी स्वामित्वमा रहेको नेपाल रि इन्स्योरेन्सको हकमा सरकारले नै सहमति नदिंदा कम्पनीको पुँजी प्रक्रिया अघि बढ्न नसकेको हो । नेपाल रि मा सरकारको ४४ प्रतिशत सेयर हिस्सा छ । पुँजी बढाउनका लागि कम्पनीले अनिवार्य रुपम सरकारको स्वीकृति लिनुपर्ने हुन्छ । तर सरकारले सहमति दिन र क्यापिटल प्लान अनुसार सहमति प्रदान गर्न नसक्दा कम्पनीको पुँजी बढाउने प्रक्रिया रोकिएको हो ।  

तत्कालिन अर्थमन्त्री डा। प्रकाशशरण महतले एक वर्षअघि प्राधिकरणका पूर्वाध्यक्ष सुर्यप्रसाद सिलवाललाई पुँजी बृद्धिको निर्णय नगर्न समेत निर्देशन दिएका थिए । नेपाल रि इन्स्योरेन्सको पुँजी बृद्धिका लागि सरकारले स्रोत जुटाउन नसक्ने भन्दै सिलवाललाई महतले भनेका थिए ।  

नेपाल रि को हालको चुक्तापुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । प्राधिकरणले तोकेको पुँजी पुर्याउन कम्पनीले ६ अर्ब ५८ करोड रुपैयाँ जुटाउनुपर्नेछ ।  

यता हिमालयन रि इन्स्योरेन्सको हकमा भने कम्पनीले चुक्तापुँजीको ८० प्रतिशत हकप्रद निष्कासन गर्ने क्यापिटल प्लान प्राधिकरणमा पेश गरेको थियो । सोही बमोजिम कम्पनीले तेस्रो वार्षिक साधारण सभाबाट चुक्तापुँजी १० अर्ब ४० करोडको १०ः८ अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृति समेत गरेको थियो ।  

साधारण सभामार्फत हकप्रद प्रस्ताव पारित गरिसकेको सो कम्पनीले हालसम्म पनि नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन पेश गर्न सकेको छैन ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले धितोपत्र बोर्डमा निवेदन पेश गर्नुअघि हकप्रदको अनुमति नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति लिनुपर्ने हुन्छ । तर बीमा प्राधिकरणबाट स्वीकृति नपाउँदा कम्पनीले हकप्रदको प्रक्रिया अघि बढाउन सकेको छैन ।  

हिमालयन रि इन्स्योरेन्सले हकप्रदका लागि प्राधिकरणसँग अनुमति मागेपनि प्राधिकरणले स्वीकृति दिन नसक्दा चुक्तापुँजी बढाउने प्रक्रिया रोकिएको प्राधिकरणका ती कर्मचारीले बताए ।  

‘कम्पनीले साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित गरेर प्राधिकरणमा अन्तिम स्वीकृतिको अनुमति मागेपनि प्राधिकरणबाट स्वीकृत हुन सकेको छैन’ ती कर्मचारीले भने, ‘के कारणले स्वीकृति दिन नसकिएको हो त्यो विषयमा जानकारी भएन तर यसको निर्णय बोर्डबाटै हुने भएकाले अझै कति समय लाग्ने त्यो बोर्ड छलफलपछि मात्रै तय हुनेछ ।’

यसर्थमा हिमालयन रि इन्स्योरेन्सको हकप्रद तत्कालै नआउने देखिन्छ । कम्पनीले हकप्रद निष्कासनको लागि प्राधिकरणबाट अन्तिम स्वीकृति लिएर नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ । बोर्डबाट अनुमति पाएपछि मात्रै कम्पनीले ८० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ ।  

हिमालयन रि इन्स्योरेन्सको हालको चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीलाई २० अर्ब रुपैयाँ पुँजी पुर्याउन ९ अर्ब ६० करोड रुपैयाँ जुटाउनुपर्नेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.