मंगलवार, कार्तिक ३,२०८३ 01:28:03
  • मंगलवार, कार्तिक ३,२०८३ 01:28:03
Global IME Bank Limited

लिवर्टी इनर्जीको हकप्रद सेयर बाँडफाँड

Bizshala
लिवर्टी इनर्जीको हकप्रद सेयर बाँडफाँड
New Office

काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ५० प्रतिशत हकप्रद सेयर पुस २१ गते बाँडफाँड गरिएको हो ।  

कम्पनीले गत कात्तिक २० गतेसम्म कायम सयेरधनीका लागि मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको  प्रति सेयर रु.१०० अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएकालाई उक्त हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

हकप्रदबाट प्राप्त रकम कम्पनीले माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, यो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न १५ करोड ३२ लाख र कम्पनीद्वारा प्रवद्धित लोदोखोला साना जलविद्युत आयोजनामा लगानी गर्न ४ करोड २४ लाख रुपैयाँ लगानी गर्ने छ ।  

यो हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.