काठमाण्डौ । सन् २०२५ मा भारतको सेयर बजार विश्वकै सबैभन्दा राम्रो प्रदर्शन गर्ने उदयीमान बजार हुने प्रक्षेपण गरिएको छ । अमेरिकी बहुराष्ट्रिय इन्भेष्टमेन्ट कम्पनी मोर्गन स्टान्लेले यस्तो प्रक्षेपण गरेको हो ।
मोर्गन स्टान्लेले यो वर्ष भारतको सेयर बजार मापक इन्डेक्स ‘सेन्सेक्स’ १८ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । लचिलो मुद्रास्फिती लक्ष्य र सुधारिदो व्यापार अवस्थाका कारण भारतको अवस्था बलियो देखिएको स्टान्लेको ठहर रहेको छ । यस्तै स्टान्लेले आगामी ४–५ वर्षसम्म भारतीय सेयर बजारको ब्रोकेरेज आम्दानी १८–२० प्रतिशतले वृद्धि हुने समेत जनाएको छ ।
यस्तै स्टान्लेले यो वर्ष भारतमा फेबु्रअरीदेखि ५० प्रतिशत बेसिक प्वइन्टको ब्याजदरको कटौती हुनसक्ने जनाएको छ । यो वर्ष दुईपटक २५/२५ बेसिक प्वइन्टले ब्याजदर कटौती हुने अनुमान गरिएको छ ।
भारत र बाँकी विश्वको सेयर बजारको प्रतिफलबीचको अन्तराल म हुँदै गईरहेको छ । यो हालसम्मकै न्यून विन्दुमा पुगेको छ । चीन,अमेरिकामा अपनाइने नीति र हालको विश्व भू–राजनीतिको परिणामलाई भारतीय कम्पनीको आम्दानी र सेयरले कसरी प्रतिक्रिया जनाउछ भन्ने कुरा तय गर्ने जनाइएको छ ।