काठमाण्डौं । दिनभर बढेर कारोबार भएको सेयर बजार आज अन्त्यमा करिब ५० अंकको वृद्धिका साथ बन्द भएको छ । यो सँगै आज नेप्सेका चार्टमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । बजारलाई ट्रेन्ड लाइनमार्फत नियाल्दा आज अपर लाइन ब्रेक गरेर माथि लागेको छ ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले आज मध्य ब्याण्डलाई पनि ब्रेक गरेर माथि लागेको छ । म्याक्डीबाट नियाल्दा बजारले करिब बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । तर भईसकेको अवस्था भने होइन । हिस्टाग्राम नेगेटिभ रहेता पनि छोटा–छोटा हुँदै गरेको अवस्था रहेको छ ।
डेली बेसमा आरएसआईले ओभर सोल्ड जोनमा पुगेर ‘डब्लु’ आकार बनाएको छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा पनि बजार करिब ओभर सोल्ड जोनबाट फर्केर ४१ को तहमा पुगेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा आजबाट बजारले करेक्सन सकेर माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । पिभट् मार्फत नियाल्दा बजारले नजिकको प्रतिरोध २६३६ विन्दुलाई ब्रेक गरेको देखिन्छ । त्यसैगरि क्रमशः २६८६ , २७३२ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । घटेमा भने बजारले २५६०,२५४० र २५०० विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।