काठमाण्डौ । मंगलबार एशिया–प्यासेफिक सेयर बजारमा हरियाली छाएको छ । टेक कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण आज अधिकांश एशिया–प्यासेफिक सेयर बजारमा वृद्धि देखिएको हो ।
आज जापानको निक्की२२५ इन्डेक्स २.३८ प्रतिशत अर्थात ९३१ अंकले बढेर ४० हजार २३८ विन्दुको उचाईमा पुगेको छ । यस्तै जापानको टोपिक्स इन्डेक्स पनि १.३२ प्रतिशतले बढेको छ ।
आज जापानी कम्पनी निप्पोन स्टिलको सेयरमूल्य भने १.३९ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले निप्पोन स्टिललाई अमेरिकी कम्पनी युएस स्टिल खरिद गर्न रोक लगाएसँगै कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो ।
आज दक्षिण कोरियाको सेयर बजार मापक इन्डेक्स कोस्पी पनि १.०२ प्रतिशतले घटेको छ । यस्तै कोृस्डाक पनि ०.४७ प्रतिशतले बढेको छ । सामसुङ इलेक्ट्रिोनिक्सको सेयरमूल्य आज ०.८९ प्रतिशतले बढेको छ ।
अष्ट्रेलियाको एस एण्ड पी÷२०० पनि आज ०.३१ प्रतिशतले सकारात्मक बनेको छ । हङकङको हाङसेङ इन्डेक्स पनि आज ०.५७ र चीनको सीएसआई३०० ०.१३ प्रतिशतले बढेका छन् ।
अमेरिकी सेयर बजार एस एण्ड पी५०० पनि ०.५५ प्रतिशत र नास्डक १.२४ प्रतिशतले बढेका छन् । अमेरिकी सेयर बजारका टेक कम्पनीको सेयरमूल्यमा सोमबार वृद्धि देखिएको छ ।