काठमाण्डौ । फोनेपे नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले,व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन–रिक्वेस्ट विदड्रअल’सुविधा सार्वजनिक गरेको छ।
यस सुविधाले व्यापारीहरूलाई कुनैपनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्ने अवसर दिन्छ।अब व्यापारीहरूले आफ्नो बैंक खातामा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नुपर्दैन।
फोनेपेले यो सुविधा ल्याउनको उद्देश्य व्यापारीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिनु रहेको जनाएको छ । जसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुनेछ। व्यापारीहरूले आपूर्तिकर्ताहरूलाई भुक्तानी गर्न, कर्मचारीहरूको तलव व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन्। यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ।