काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोगबापत दाबी भुक्तानी गरेको छ। कम्पनीले गत पुस ५ गते बीमितको घरमै गएर गरेको कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोगबापत रु. १५ लाखको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते रु.१५ लाखको बीमा योजना लिएका थिए। २०८१ कार्तिकमा उनलाई ब्रैनस्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो।
घातक रोगको दाबी एक कार्यक्रमको बीचमा भएको थियो भने कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल,मुर्गिया शाखा प्रमुख गणेश गैरे ,भुमही शाखा प्रमुख प्रबिन कंडेल ,मार्केटिङ दया तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो।
साथै, उक्त कार्यक्रममा एमडीआरटी माधव भुसाल , कमला जिसि कुँवर, सिनियर एजेन्सी मेनेजरहरु शालिक राम वोस्ती, शालिकराम भण्डारी समेतको उपस्थिति थियो। एजेन्सी म्यानेजरहरू रेशम भाट,हिमाल राना,शलिक राम तिवारी , नुमक लापङेनी,टांक भुसाल ,बसन्ती गिरिलगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                