काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ६ हजार कित्ता संस्थापक सेयर पुस २३ गतेदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि योग्य जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ४५० रुपैयाँ कायम भएको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात माघ २८ गते बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङमा आवेदन पेश गर्नुपर्नेछ ।