काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रो पावर लिमिटेडमा ४ जना सञ्चालक निर्वाचित भएका छन् । पुस २३ गते आयोजना भएको नवौं साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।
नवनिर्वाचित भएका सञ्चालकमा विनय कुमार श्रेष्ठ, शिव कुमार बस्नेत, विनोद ओझा र सुमना न्यौपाने रहेका छन् । चारै जना संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् र चारैजनाको कार्यकाल ५४ वर्षको हुनेछ ।