आईतवार, फाल्गुन ११,२०८१ 09:02:33
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:02:33
IME remit
Global IME Bank Limited

लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी ६ सूत्र अवश्य ध्यानमा राख्नुहोस्

Hyundai Nepal
लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी ६ सूत्र अवश्य ध्यानमा राख्नुहोस्
Nabil Bank Limited

काठमाण्डौ । तपाइँ आफ्नो लगानी यात्रा सुरु गर्ने योजना गर्दै हुनुहुन्छ रु अहिलेबाटै सुरु गर्नुहोस्। दिग्गज लगानीकर्ता वारेन बफेट पनि यही सिद्धान्तमा विश्वास गर्छन् र पछ्याउँछन्। यदि तपाइँले अहिलेसम्म लगानी गर्न सुरु गर्नुभएको छैन भने चिन्ता लिनुपर्ने कुरा छैन। लगानी पनि पढ्ने र सिक्नेजस्तै हो। जसका लागि कुनै उमेर हुँदैन।  

यदि तपाइँ ढिलोगरी लगानी सुरु गर्दै हुनुहुन्छ भने एउटा यस्तो लगानी योजना छनोट गर्नुहोस्, जसले यसअघि बर्बाद भएको समयको क्षतिपूर्ति प्राप्त गर्न मद्दत गरोस्।  

लगानी यात्रा सुरु गर्नुअघि दुईवटा कुरा सधैँ ध्यानमा राख्नुपर्छ। समय र लगानीबाट प्राप्त हुने प्रतिफल अर्थात आरओआई।  

तपाइँले जति लामो समय लगानी गर्नुहुन्छ, तपाइँले उच्च प्रतिफल पाउनुहुनेछ। तपाइँले यो सुनिश्चित गर्नुपर्छ कि आफ्ना लक्ष्यहरु कमभन्दा कम जोखिममा पूरा होऊन्।  

तपाइँले भविष्यमा लगानी गरेर कमाउन चाहनुभएको रकमलाई ध्यानमा राखेर योजना बनाउनुपर्छ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

५०–२०–३० नियम

यो नियम यसको संख्या जस्तै स्पष्ट छ। तपाइँले आफ्नो रकम तीन भागमा विभाजन गर्नुपर्छ। करपछिको बाँकी तलबको ५० प्रतिशत घरायसी खर्चका लागि राख्नुपर्छ । २० प्रतिशत अल्पकालीन आवश्यकताका लागि र ३० प्रतिशत भविष्यको आवश्यकताका लागि राख्नुपर्छ।

१५–१५–१५ नियम

यो नियम दीर्घकालीन लगानीमा विश्वास गर्नेहरुका लागि हो। यसमा १५ हजार रुपैयाँ हरेक महिना यस्तो क्षेत्रमा १५ वर्षसम्म लगानी गर्नुपर्छ, जहाँबाट वार्षिक १५ प्रतिशत प्रतिफल प्राप्त होस्। यसका लागि सेयरमा लगानी उपयुक्त हुन्छ । किनकि उतारचढावका बाबजुद पनि सेयर बजारले दीर्घकालमा १५ प्रतिशतभन्दा बढी प्रतिफल दिने सुनिश्चित हुन्छ।  

७२ को नियम

यो नियमले पैसा दोब्बर गर्न लाग्ने समय बताउँछ। सम्भावित प्रतिफल वा ब्याजदरलाई ७२ भाग गर्नुहोस् र नतिजा हेर्नुहोस्। यदि कुनै क्षेत्रमा लगानी गर्दा १५ प्रतिशत प्रतिफल पाउनुहुन्छ भने त्यसलाई दोब्बर गर्न लाग्ने समय पत्ता लगाउन तपाइँले ७२ लाई १५ ले भाग गर्न सक्नुहुन्छ। जुन ४।८ वर्षबराबर हुनेछ। यसले तपाइँको लगानी ४।८ वर्षमा दोब्बर हुने सुनिश्चित गर्छ।  

११४ को नियम

यो नियमले रकम तीनगुणा गर्न लाग्ने समयको हिसाब दिन्छ। तपाइँले यो समयलाई ११४ लाई अपेक्षित ब्याजदरले भाग गरेर गणना गर्न सक्नुहुन्छ। उदाहरणका लागि यदि कुनै लगानीले तपाइँलाई वार्षिक १५ प्रतिशत प्रतिफल दिन्छ भने ११४ लाई १५ ले भाग गर्नुहोस्। जुन ७।६ वर्षबराबर हुन्छ। अर्थात ७।६ वर्षमा तपाइँ लगानी तेब्बर हुन्छ।  

१४४ को नियम

यसले तपाइँको लगानीलाई पूरै नयाँस्तरमा लैजान्छ। यो नियमले हामीलाई लगानी चौगुना गर्न लाग्ने समयका बारेमा बताउँछ। अपेक्षित आरओआईद्वारा १४४ ले भाग गर्नुहोस्। यस उदाहरणका लागि तपाइँले १४४ लाई १५ ले भाग गर्नुहोस्। यसले तपाइँको लगानी ९।६ वर्षमा चौगुना हुने हिसाब निकाल्छ।  

१०० माइनस उमेर

यो सम्पत्तिको बाँडफाँडसँग सम्बन्धित छ। आफ्नो उमेर १०० बाट घटाउनुहोस्। तपाइँले पाउनुहुने संख्या निश्चित प्रतिशत हुनेछ। जुन तपाइँले सेयर बजारमा लगानी गर्न सक्नुहुन्छ। यो नियम यस तथ्यमा आधारित छ कि तपाइँ जति कम उमेरको हुनुहुन्छ, तपाइँको जोखिमको लिने क्षमता उति बढी हुने दर्शाउँछ। कम उमेरमा यदि तपाइँलाई घाटा हुन्छ भने नोक्सानीको पूर्ति भर्पाइ गर्न तपाइँ सक्षम हुनुहुन्छ भन्ने देखाउँछ। –एजेन्सी

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.