शुक्रबार, बैशाख ४,२०८३ 05:26:35
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:26:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यो साता ५० दिने ‘मुभिङ एभरेज’मा प्रतिरोध सामना गरेको नेप्सेको आगामी यात्रा कस्तो ?

Bizshala
यो साता ५० दिने ‘मुभिङ एभरेज’मा प्रतिरोध सामना गरेको नेप्सेको आगामी यात्रा कस्तो ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ५८६ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६३५.९ विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता बजारमा ४८.८६ अंकले सुधार आयो । अघिल्लो साता भने बजारमा ४४.४८ अंकको गिरावट आएको थियो । यो साता नेप्सेमा ३० अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता भने १९ अर्ब ३५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

यस हिसाबले यो साता सूचक र काराबोर दुबै बढ्यो । यो साता बजार पूँजीकरण ४३ खर्ब ७० अर्ब पुगेको छ । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४२ खर्ब ८९ अर्ब थियो । यस हिसाबले यो साता बजार पूँजीकरण झण्डै ८१ अर्बले बढेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राविधिक पक्षः  

यो साता नेप्सेले ५० दिने मूभिङ एभरेजमा प्रतिरोध सामना गरको छ । मूभिङ एभरेजले घट्दो बजारमा प्रतिरोध र बढ्दो बजारमा सपोर्टको पनि काम गरेको हुन्छ । यो साता बजारमा बढोत्तरी आएता पनि २६७५ विन्दुमा प्रतिरोध सामना गरेको छ । यस हिसाबले यो साता २६३५ को विन्दुमा बन्द भएको बजार यदि आगामी साता २६७५ विन्दुभन्दा माथि बन्द भएको खण्डमा बजारले अप ट्रेन्ड लिएको मान्न सकिन्छ । बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा करिब ओभर सोल्ड जोनबाट फर्केर ४९ को तहमा पुगेको छ । यसले बजारमा यो साता कारोबार तथा भोल्युममा भने सुधार आएको देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा डेली बेसमा यो साता बजार मध्य ब्याण्ड भन्दा माथि चलेको देखिन्छ । तर साप्ताहिक रुपमा नियाल्दा भने बजारले मध्य ब्याण्ड २६६३ विन्दुमा नै प्रतिरोध सामना गरेको छ । साप्ताहिक रुपमा म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का हुँदै गएको छन् । आरएसआई न्यूट्रल जोन माथि ‘डब्लु’ आकार बनाएको देखिन्छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा बजार साइडवेज चलेको देखिन्छ ।  

CG Motors
Garima Development Bank
IME remit

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २७३२

प्रतिरोध २ – २६८६

प्रतिरोध १–  २५९०

पिभट् प्वइन्टः २४९५

घटेमा सपोर्ट  

सपोर्ट १– २५४०

सपोर्ट २– २४९५

सपोर्ट  ३ –२४४४

निष्कर्षः अघिल्लो साता ४४ अंकले घटेको बजार यो साता ४८ अंकले सुधार आयो । यो साता बजार बढ्दा कारोबार तथा भोल्युममा पनि सुधार आयो । पछिल्लोपटक बजार ३ सातादेखि २५६० देखि २६६० को विन्दुमा साइडवेज चलेको देखिन्छ । प्राविधिक रुपमा बजारलाई इलिअट वेभबाट नियाल्दा यो साता ‘सी’ वेभ भित्रको पाँचौ वेभको करेक्सन पनि सकिएर अब सुधारको बाटोतर्फ बजार लाग्न सक्ने देखिन्छ । यसका लागि बजार आगामी साताबाट २६७५ विन्दु भन्दा माथि बन्द हुनुपर्ने हुन्छ ।  

क्षेत्रगत रुपमा हेर्दा यो साता कारोबार र वाणिज्य बैंक समूहमा केही बिक्री दबाब देखिएता पनि बाँकी सबै उपसमूहमा हरियाली छायो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.