बिहीबार, श्रावण १४,२०८३ 01:23:25
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:23:25
Bizshala
Global IME Bank Limited

नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख, यस्ता छन् सुविधा

नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख, यस्ता छन् सुविधा
New Office

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आफ्ना बरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।

जुम मिटिङ मार्फत जोडिएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृतले यस बीमालेखको उद्घाटन गर्दै विगतमा पनि अभिकर्ता तथा बीमितहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझबढि परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख – ४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बालबच्चाको सुमधुर भविष्यसँग सम्वन्धित यो योजना कम्पनीकै एक अव्वल योजना रहेको बताए ।  

यस बीमालेख योजनाका विशेषताहरुका सम्वन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानूनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख सम्मलिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ । बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिक रुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।  

यसैगरी, यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० बर्ष रहेको छ । साथै, चुक्तामूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधाहरु पनि यस बीमालेखमा रहेको बताए ।  

यस बीमालेखलाई प्रवद्र्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको  बताए ।  साथै उनले सम्पुण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोवाईल एप्स, वेबसाईट र  नेपालभर रहेको जुन सुकै शाखा कार्यालयहरुमा गएर पनि यस सम्वन्धि विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.