काठमाण्डौ । सन् १९७३ देखि स्थानीय अनुभवहरू प्रदान गर्न समर्पित मक्र्योर काठमाण्डौको सुकेधारामा उद्घाटन भएको छ । काठमाण्डौको मुटुमा अवस्थित नयाँ होटलले प्रत्येक ठाउँका मौलिकता प्रस्तुत गर्ने मर्योरको प्रतिबद्धता प्रतिबिम्बित गर्दै सबै यात्रुहरूलाई न्यानो आत्मीय बसाइ प्रदान गर्ने कम्पनीले जनाएको छ।
मर्योर काठमाण्डौ सुकेधारा हाइट्सका सोचविचार गरेर डिजाइन गरिएका हरेक कोठामा काठमाण्डौको भावना भरिएका छन्। पाहुनाहरूले अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावली सहित शहर वरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरू देखिने सबै कोठाहरू रुम कन्फिगरेसनको दायराबाट छनौट गर्न सक्छन्। परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध झल्काउने आत्मीय वातावरण सिर्जना गर्दछ ।
होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो । दिनभरि चल्ने भोजन रेस्टुरेन्ट डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्दछ ्र ९क्यउचब क्ष्तबष्बिल० सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने ९श्बष्त्रब० जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरूको बास्ना प्रदान गर्दछ । थप आरामदायी वातावरण खोज्नेहरूका लागि शुक्रबारले भित्री र बाहिरी दुवै सिटहरु भएको रुफटप लाउन्ज सेटिंग प्रदान गर्दछ जुन रोमान्चक दृश्यहरूको आनन्द लिनको लागि उत्तम छ ।
पाहुनाहरूले होटलको रूफटप इन्फिनिटी पूलमा काठमाडौं उपत्यकाका दृश्यहरू हेर्दै आराम गर्न सक्ने छन् भने स्टीम र साउना सुविधा सहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन्। आफ्नो बसाइको समयमा पाहुनाहरूले यी सुविधाहरू लिन सक्छन्।
मर्योर काठमाण्डौ सुकेधारा हाइट्सले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरूसम्मका कार्यक्रम र जमघटहरूको लागि उपयुक्त स्थान पनि प्रदान गर्दछ । समर्पित कार्यक्रम टोलीले एक निर्बाध र यादगार अनुभव प्रदान गर्दै प्रत्येक अवसरलाई पूर्ण बनाउने छन् ।
ूमक्र्योर काठमाण्डौ सुकेधारा हाइट्सले प्रत्येक स्थानको सम्पदा प्रबर्धन गर्ने हाम्रो लक्ष्यलाई मूर्त रूप दिन्छ’, एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एशियाका चिफ अपरेटिंग अफिसर गार्थ सिमन्सले भने ।
मर्योरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्दित छौं, द मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेडका अध्यक्ष देश बन्धु बस्नेत (अजित)ले भने ‘नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको हो । मयौर काठमाडौं सुकेधारा हाइट्स अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको समृद्ध सम्पदा दुवै प्रदान गर्दै पाहुनाका लागि विशेष अनुभवहरू सिर्जना गर्न प्रतिबद्ध छ ।’
यात्रुहरूको रोमन देवता मक्र्योर प्रेरित मक्र्योर होटलहरू सुत्ने ठाउँ मात्र होइनन् । यी त गन्तव्यका पोर्टल हुन्, ठाउँहरूको खोज र अन्वेषण गर्ने न्यानो निमन्त्रणा हुन् । सन् १९७३ मा स्थापना भएदेखि मयर पाहुनाहरूका लॉंगि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरू प्रबर्धन गर्न समर्पित छ । ६० भन्दा बढी देशहरूमा १ हजार भन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचनाहरू विकास गर्दै गरेको मयर प्रत्येक गन्तव्यका मौलिकता प्रबर्धन गर्न समर्पित छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।