मंगलवार, आश्विन १३,२०८३ 09:34:10
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:34:10
Bizshala
Global IME Bank Limited

पोखरा फाइनान्सहित ८ कम्पनीले व्यहोरे घाटा, प्रोग्रेसिभको मुनाफामा प्रोग्रेस

Bizshala
पोखरा फाइनान्सहित ८ कम्पनीले व्यहोरे घाटा, प्रोग्रेसिभको मुनाफामा प्रोग्रेस
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १५ वटा फाइनान्स कम्पनीमध्ये ८ वटा कम्पनी घाटामा देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्याङ्कअनुसार नेपाल फाइनान्सहित ८ कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

पछिल्लो समय सेयरबजारमा फाइनान्स समूहका कम्पनीहरुको निकै चर्चा भएपनि वित्तीय अवस्था केलाउने हो भने नाजुक देखिन्छ । एकदुई वटा कम्पनी बाहेक सबैको व्यवसाय र नाफाको अवस्था खस्किँदो छ ।  

नोक्सान चुलिँदै गएपनि त्यस्तै कम्पनीको दोस्रो बजारमा बढी चर्चा सुनिन्छ र सेयरभाउ पनि उस्तै कम्पनीको बढी बढिरहेको हुन्छ । तर वित्तीय अवस्था नियाल्ने हो भने अधिकांश कम्पनीको अवस्था सन्तोषजनक मात्रै पनि देखिँदैन ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आधा भन्दा बढी कम्पनी नोक्सानमा हुँदा त्यस्ता कम्पनीबाट के प्रतिफल पाउने भन्ने प्रश्न उठ्न सक्छ । न त त्यस्ता कम्पनीले राम्रो आम्दानी आर्जन गर्छन् न त सेयरधनी वा लगानीकर्तालाई उचित प्रतिफल नै बाँड्न ।  

चालु आवको ५ महिनासम्ममा ७ वटा कम्पनी मात्रै नाफामा उक्लिएका छन् । जसमध्ये सर्वाधिक नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । कम्पनीले सो अवधिसम्म १६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १८.६२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म मन्जुश्रीले १४ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले पनि नाफा आर्जनमा उत्कृष्ट प्रोग्रेस गरेको छ । कम्पनीले १४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म कम्पनी ११ करोड ७४ लाख रुपैयाँ नोक्सानमा थियो ।  

यता आइसीएफसी फाइनान्सले भने गत आवको तुलनामा उल्लेख्य नाफा बृद्धि गरेको छ । गत आवको ५ महिनासम्म ३ करोड ३ लाख रुपैयाँ मात्रै नाफा कमाएको यस कम्पनीले चालु आवको यसै अवधिसम्म २४९.६९ प्रतिशत बढाएर १० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

यता गुडविल फाइनान्सले ५ करोड ५७ लाख रुपैयाँ, मल्टिपर्पस फाइनान्सले १ करोड ८७ लाख रुपैयाँ र जानकी फाइनान्सले ७ लाख रुपैयाँ नाफा कमाएको छ ।  

पोखरा फाइनान्ससहित ८ कम्पनी नोक्सानमा  

चालु आवको ५ महिनासम्ममा ८ वटा फाइनान्स कम्पनी घाटामा देखिएका छन् । सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले १४ करोड ३० लाख रुपैयाँ नोक्सान ब्यहोरेको छ ।  

त्यस्तै, रिलायन्स फाइनान्सले पनि ११ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यसका साथै गोर्खाज फाइनान्सले ६ करोड ७२ लाख, समृद्धि फाइनान्सले ४ करोड ४० लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सले २ करोड ८१ लाख रुपैयाँ, वेष्ट फाइनान्सले २ करोड ३४ लाख, नेपाल फाइनान्सले १ करोड ९५ लाख रुपैयाँ र पोखरा फाइनान्सले १ करोड ७९ लाख रुपैयाँ नोक्सान ब्यहोरेको छ ।

 

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.