बिहीबार, चैत्र २१,२०८१ 03:55:03
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:55:03
IME remit
Global IME Bank Limited

पोखरा फाइनान्सहित ८ कम्पनीले व्यहोरे घाटा, प्रोग्रेसिभको मुनाफामा प्रोग्रेस

Hyundai Nepal
पोखरा फाइनान्सहित ८ कम्पनीले व्यहोरे घाटा, प्रोग्रेसिभको मुनाफामा प्रोग्रेस
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १५ वटा फाइनान्स कम्पनीमध्ये ८ वटा कम्पनी घाटामा देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्याङ्कअनुसार नेपाल फाइनान्सहित ८ कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

पछिल्लो समय सेयरबजारमा फाइनान्स समूहका कम्पनीहरुको निकै चर्चा भएपनि वित्तीय अवस्था केलाउने हो भने नाजुक देखिन्छ । एकदुई वटा कम्पनी बाहेक सबैको व्यवसाय र नाफाको अवस्था खस्किँदो छ ।  

नोक्सान चुलिँदै गएपनि त्यस्तै कम्पनीको दोस्रो बजारमा बढी चर्चा सुनिन्छ र सेयरभाउ पनि उस्तै कम्पनीको बढी बढिरहेको हुन्छ । तर वित्तीय अवस्था नियाल्ने हो भने अधिकांश कम्पनीको अवस्था सन्तोषजनक मात्रै पनि देखिँदैन ।  

Shivam Cement
Bizshala
CG Motors

आधा भन्दा बढी कम्पनी नोक्सानमा हुँदा त्यस्ता कम्पनीबाट के प्रतिफल पाउने भन्ने प्रश्न उठ्न सक्छ । न त त्यस्ता कम्पनीले राम्रो आम्दानी आर्जन गर्छन् न त सेयरधनी वा लगानीकर्तालाई उचित प्रतिफल नै बाँड्न ।  

चालु आवको ५ महिनासम्ममा ७ वटा कम्पनी मात्रै नाफामा उक्लिएका छन् । जसमध्ये सर्वाधिक नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । कम्पनीले सो अवधिसम्म १६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १८.६२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म मन्जुश्रीले १४ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले पनि नाफा आर्जनमा उत्कृष्ट प्रोग्रेस गरेको छ । कम्पनीले १४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म कम्पनी ११ करोड ७४ लाख रुपैयाँ नोक्सानमा थियो ।  

यता आइसीएफसी फाइनान्सले भने गत आवको तुलनामा उल्लेख्य नाफा बृद्धि गरेको छ । गत आवको ५ महिनासम्म ३ करोड ३ लाख रुपैयाँ मात्रै नाफा कमाएको यस कम्पनीले चालु आवको यसै अवधिसम्म २४९.६९ प्रतिशत बढाएर १० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

यता गुडविल फाइनान्सले ५ करोड ५७ लाख रुपैयाँ, मल्टिपर्पस फाइनान्सले १ करोड ८७ लाख रुपैयाँ र जानकी फाइनान्सले ७ लाख रुपैयाँ नाफा कमाएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पोखरा फाइनान्ससहित ८ कम्पनी नोक्सानमा  

चालु आवको ५ महिनासम्ममा ८ वटा फाइनान्स कम्पनी घाटामा देखिएका छन् । सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले १४ करोड ३० लाख रुपैयाँ नोक्सान ब्यहोरेको छ ।  

त्यस्तै, रिलायन्स फाइनान्सले पनि ११ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यसका साथै गोर्खाज फाइनान्सले ६ करोड ७२ लाख, समृद्धि फाइनान्सले ४ करोड ४० लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सले २ करोड ८१ लाख रुपैयाँ, वेष्ट फाइनान्सले २ करोड ३४ लाख, नेपाल फाइनान्सले १ करोड ९५ लाख रुपैयाँ र पोखरा फाइनान्सले १ करोड ७९ लाख रुपैयाँ नोक्सान ब्यहोरेको छ ।

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.