काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १० गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.४६ रुपैयाँ र बिक्रीदर १३३.०६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३ रुपैयाँ र बिक्रीदर १४३.६५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.०३ रुपैयाँ र बिक्रीदर १६७.७८ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.७८ रुपैयाँ र बिक्रीदर ८७.१७ रुपैयाँ रहेको छ ।